पछिल्लो २४ घण्टामा थप ६,२९५ ले जिते कोरोना, ३,३८४ नयाँ थपिए, ६१ जनाको मृत्यु

२९ जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६,२९५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । शुक्रबार ५,२२५ जना निको भएका थिए ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३,३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४९४ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार १५ हजार १८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ७५० जनामा संक्रमण देखिएको थियो ।

त्यस्तै कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ । शुक्रबार ६७ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको छ । केही दिनयता कोरोना परीक्षण घटेको छ । जसले गर्दा कोरोना संक्रमितको संख्या पनि घटेको देखिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…