नेपाललाई विश्व बैंकको झण्डै सात अर्ब सहयोग

२९ जेठ, काठमाडौं । विश्व बैंकले नेपाललाई झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय पारित गरेको हो ।

विश्व बैंकले दिने सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च हुनेछ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ । यस्तै आर्थिक अभावले उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि रकम लगानी गर्न सकिने उल्लेख छ ।

विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फरिस हदाद जार्भोसले विश्व बैंकको यो सहयोग उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा र कोरोना महामारीका कारण प्रभावित भएको शिक्षालाई निरन्तरता दिन उपयोग हुने बताएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…