माछा मार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

२९ जेठ, सुनसरी । माछा मार्ने क्रममा करेन्ट लागेर सुनसरीको इटहरीका एक दम्पतीको ज्यान गएको छ । उदयपुरको रौता गाउँपालिका घर भई इटहरी २० तरहरामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय हेमशर राई र उनकी श्रीमती २२ वर्षीया सर्मिला राईको मृत्यु भएको हो ।

इटहरी वडा नं. १९ र २० को सीमानामा पर्ने खर्साला खोलामा करेन्टको प्रयोग गरी माछा मार्न खोज्दा मृत्यु भएको हो । स्थानीय फनिर्चर उद्योगमा काम गर्दै आएका उनीहरु रातको समयमा ३ वर्षकी छोरी सुताएर माछा मार्न घरबाट निस्केको वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले जानकारी दिए ।

दुवैको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…