इथियोपियामा अनिकाल : ३ लाख ४३ हजार जनसंख्या संकटमा

२९ जेठ, काठमाडौं । इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ ।

संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा यो चेतावनी दिइएको हो । संयुक्त राष्ट्रसंघको सहायता प्रमुख मार्क लोकोकले भनेका छन्, ‘टिग्रेमा अहिले अनिकाल छ ।’

बालबालिकाको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार टिग्रेमा खानेकुराको अभावका कारण विनासको जस्तो स्थिति आइलागेको छ र यसको कारण ठूलो संख्या (खासगरी बालबालिका) भोकमरीको चपेटामा पर्न सक्छन् । युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्‍याउन अपील समेत गरेको छ ।

यद्यपि इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनको आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको बीबीसीले जनाएको छ । सरकारी र विद्रोही पक्षबीच जारी संघर्षका कारण टिग्रे क्षेत्र जर्जर अवस्थामा छ । सन् २०२० को नोभेम्बर महिनादेखि जारी संघर्षबाट सो क्षेत्रबाट करिब १७ लाख विस्थापित भइसकेको बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…