चिनियाँ भेरोसेल खोप शनिबारदेखि स्थगित: ६०–६१ वर्ष उमेर समूहका नागरिक छुट्ने

२८ जेठ, काठमाडौँ । काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहका लागि दिँदै आएको कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेल शनिबारदेखि स्थगित गर्ने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलसम्म खोप कार्यक्रम स्थगित भएको जनाएको हो ।

विभागका प्रमुख हरिबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वाथ्य सेवा विभागबाट जेठ २८ गतेबाट भेरोसेल खोप जिल्लालाई छुट्याएको संख्या पूरा भइसकेको सूचना प्राप्त भएकाले जेठ २८ गतेबाट महानगरपाालिकाले १ देखि ३२ वडा वडाहरूमा सञ्चालन गर्दै आएको खोप अभियान अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।’

aawash steels

खोप कार्यक्रम ३२ वटै वडामा खोपकेन्द्र बनाएर लगाउन थालिएको थियो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरू यसअघिको कार्यक्रममा छुटेकाले २५ जेठदेखि उनीहरूलाई पहिलो मात्रा दिन थालिएको थियो ।

२५ जेठमै वडाहरूलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६० देखि ६४ वर्ष उमेर समूह) बाहेक यसअघि खोप लगाउन छुटेका र अहिले बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जब ट्रेनिङमा रहेका नर्सिङ र प्यारामेडिक्स तथा यसअघि भेरोसेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचयपत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २४ जेठको पत्र उद्धृत गर्दै विभागले वडाहरूलाई आग्रह गरेको थियो ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौँ, अहिले २८ हजारलाई लगाइसकेपछि रोक्नुपरेको छ’, जनस्वास्थ्य प्रमुख कुँवरले भने । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको उनले बताए ।

कार्यक्रमअनुसार काठमाडौं महानगरले गएको मङ्गलवारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकी खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले बिहीवार (हिजो) सम्म झण्डै २८ हजार जनालाई खोप लगाइएको बताएको छ ।

छुट्ने भए ६० र ६१ वर्ष उमेर समूह
तालिकाअनुसार २५ जेठमा ६४ वर्ष, २६ गते ६३ वर्ष र २७ गते ६२ वर्षका उमेर समूहका लागि खोप दिइसकिएको छ । २८ जेठमा ६१ वर्ष र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो ।

तालिकाअनुसार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिहरू छुट्ने छन् । यसअघि स्वास्थ्य मन्त्रालयको २२ वैशाख र जिल्ला विपद् व्यवस्थापन केन्द्रको २५ वैशाखको निर्णयअनुसार महानगरपालिकासहित २ जेठबाट काठमाडौं जिल्लामा कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो । ११ जेठसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिब एक लाख व्यक्तिले लगाएका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…