अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप दिने

२७ जेठ, काठमाडौं । अमेरिकाले एक सय वटा देशलाई कोरोनाविरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो दुई वर्षभित्र संसारभरका कम आय भएका एक सय वटा देशलाई ५० करोड डोज खोप उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ ।

अमेरिकाले यो वर्ष २० करोड र सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना बनाएको पनि बाइडेनको भनाइ उदृत गर्दै खबरमा उल्लेख छ । खोप पाउने देशमध्ये ९२ वटा निम्न आय भएका र बाँकी ८ वटा अफ्रिकन युनियनका सदस्य रहनेछन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतको भ्रमणमा जानुअघि विमानस्थलमा पत्रकारहरुसँग खोप वितरणको जानकारी दिए पनि ह्वाइटहाउस प्रशासनले भने यो बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…