पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किँदा ३० जनाको मृत्यु, ५० घाइते

काठमाडौं,  जेठ २४। पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल एक आपसमा ठोक्किदा ३० जनाको मृत्यु भएको छ ।
रेडियो पाकिस्तानका अनुसार सोमबार बिहानै डहरकी क्षेत्रको नजिकै सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको रेल ठोक्किएर भयानक दुर्घटना भएको हो ।

यस दुर्घटनामा अन्य ५० व्यक्तिहरु घाइते भएको जानकारी दिइएको छ । रेलवे अधिकारीका अनुसार मिल्लत एक्सप्रेसको आठ र सैयदको तीन डिब्बा लिक बाहिरपुगेका छन् ।

रेलवे अधिकारीबीच संचारमा समस्या हुँदा रेल दुर्घटना हुने गर्दछन् । यसअघि यसैवर्षको मार्चमा कराचीदेखि लाहोर जाने रेल दुर्घटना हुँदा ३० घाइते भएका थिए । यस्तै गत वर्षको फेब्रुअरीमा सिन्ध प्रान्तमै पाकिस्तान एक्सप्रेस र एक बस आपसमा ठोक्किदा २२ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा पाकिस्तानमै भएको रेल दुर्घटनामा ७४ जनाको मृत्यु भएको थियो । बीबीसी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…