नेपाल–खनाल पक्षको बैठक आज बस्दै

काठमाडौं,  जेठ २४। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि हिजो (आइतबार) राति राखेको ६ बुँदे प्रस्तावमा साझा धारणा तय गर्न वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको वैठक बस्ने भएको छ ।

अध्यक्ष ओली शर्तसहित २०७५ जेठ ३ अर्थात एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति छलफल गर्न नेपाल–खनाल पक्षको बैठक बस्न लागेको हो छ ।

aawash steels

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ । ओलीले पूर्व माओवादीका रामबहादुर थापासहितको स्थायी कमिटी र प्रतिपक्ष दल नपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर गरेको रिट फिर्ता लिनु पर्नेलगायतका ६ बुँदे प्रस्ताव नेपाल–खनाल पक्षलाई राखेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…