हेफर इन्टरनेसनल नेपालद्वारा लुम्बिनी प्रदेशलाई ५ करोड ३ लाख सहयोग

पाल्पाका स्थानीय तहले प्रदेशमै सबैभन्दा धेरै १ करोड ४९ लाख रुपैयाँ पाएका छन् ।

जेठ २३, बुटवल — लुम्बिनी प्रदेशका ३८ स्थानीय तहका कोभिड कोषमा हेफर इन्टरनेसनल नेपालले ५ करोड ३ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले खर्च गर्न सक्ने गरी शुक्रबार उक्त रकम जम्मा गरिएको हो ।

पाल्पाका स्थानीय तहले प्रदेशमै सबैभन्दा धेरै १ करोड ४९ लाख रुपैयाँ पाएका छन् । गुल्मीले ८० लाख, रूपन्देहीले ६६ लाख, बाँकेले ८५ लाख, दाङले ३६ लाख रुपैयाँ पाएका छन् । अर्घाखाँचीले २५ लाख, प्यूठानले १७ लाख ५० हजार, बर्दियाले ३५ लाख, कपिलवस्तुले ९ लाख ५० हजार रुपैयाँ पाए ।

सामाजिक स्रोत विकास केन्द्र नेपालको समन्वयमा कोभिड संक्रमितको उपचार र रोकथामका लागि पाल्पामा सहयोग गरेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले बताए । अन्यत्रका जिल्लामा सहयोगी गैरसरकारी संस्थामार्फत नै रकम जिल्लामा पुग्नेछ । ती संस्थाले सम्बन्धित स्थानीय तहको कोभिड कोषमा रकम जम्मा गर्नेछन् ।

‘हेफरको कार्यक्षेत्रका स्थानीय तहका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर रकम जम्मा गरेको हो,’ कार्यक्रम प्रबन्धक सिलवालले भने, ‘रकमबाट स्थानीय तहले अक्सिजन सिलिन्डर, अक्सिजन रिफिल, भेन्टिलेटर, पीपीई सेट, अक्सिमिटरलगायतमा खर्च गर्न सक्नेछन् ।’

#कान्तिपुरबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…