आज संसद विघटन मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं,  जेठ २३। संवैधानिक इजलासमै निष्पक्षताको प्रश्न उठेपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज (आइतबार) पुनः हुँदैछ ।

नेकपा भङ्गको फैसला र त्यो पुनरावलोकन अस्वीकार गर्ने निर्णयमा संलग्न न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासबाट हटाउनुपर्ने आवाज उठेपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायाधीशको वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने वचन दिंदै प्रतिनिधि सभा विघटन मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोेकका हुन् ।

aawash steels

तर त्यसका लागि गरिने भनिएको नियमावली संशोधनबारे गत शुक्रबार बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकमा छलफल गरिएन । त्यस दिन प्रधानन्यायाधीश जबराले नागरिकता विधेयकसम्बन्धी मुद्दाका लागि भने न्यायाधीशको वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।

अब आज संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न उनले वाचाअनुरूप न्यायाधीशको वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्लान् किन नगर्लान् भन्ने आम नागरिकले चासोका साथ हेरिरहेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…