बुर्किना फासोमा विद्रोहीको आक्रमणबाट कम्तिमा १३० सर्वसाधारणको गयो ज्यान

काठमाडौं,  जेठ २३। पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा सशस्त्र विद्रोहीको आक्रमणमा कम्तिमा १३० जनाको मृत्यु भएको छ । बुर्किना फासोको उत्तरी क्षेत्रमा स्थानीय विद्रोही समूहको आक्रमणमा परेर ती सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थानीय सोल्हानमा रातको समयमा विद्रोहीले सर्वसाधारणका घरमा आगजनी गर्नुका साथै जथाभावी आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

घटनाको बारेमा कसैले जिम्मेवारी नलिएपनि सीमा क्षेत्रमा सशस्त्र गतिविधि गरिरहेका इस्लामिक आक्रमणकारीहरुको संलग्नता रहेको सरकारी अधिकारीहरुले आशंका गरेका छन् ।

उक्त आक्रमणको संयुक्त राष्ट्रसंघले चर्को आलोचना गरेको छ । आतंकवादको विरुद्धमा एकजुट भएर अघि बढ्न सदस्य राष्ट्रहरुलाई राष्ट्रसंघले आग्रहसमेत गरेको छ । सो घटनालगत्तै राष्ट्रपति रोब काबोरेले बुर्किनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

उनले आतंकवादीविरुद्धको कारवाही सरकारी सेनाले सुरु गरिसकेकाले अपराधीहरु चाँडै नै नियन्त्रणमा आउने दावीसमेत गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यस्तै पश्चिमी अफ्रिकामा जिहादी विरुद्धको कारवाहीमा सोल्हान क्षेत्रमा १४ जनाको मृत्यु भएको बताइएको छ ।

महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा पनि ३० जनाको मृत्यु भएको थियो । विद्रोहीहरुले आफ्ना गतिविधि तीव्र पारेसँगै मुलुकभर गम्भीर सुरक्षा संकट आएको अधिकारीहरुले जनाएका छन् । विद्रोहीका गतिविधि बढेसँग पछिल्लो दुई वर्षमा सो मुलुकबाट १० लाख भन्दा बढी सर्वसाधारण बिस्थापित भइसकेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…