असार १ देखि वीरगञ्जका विद्यालयहरु खुल्ने

पर्सा, २२ जेठ २२। पर्साको वीरगञ्ज महानगरपालिकाभित्र असार १ गतेदेखि क्रमिक रुपमा विद्यालय खुल्ने भएको छ । असार १ गतेदेखि कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले जानकारी दिए ।

विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको उनको भनाइ छ । विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती निकालेर जानकारी दिएका छन् ।

यस्तै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरुमा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नालगायत व्यवस्थापकीय काम हुने भएको छ । यही असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको निर्णय रहेको छ । असार १५ गतेपछि भने नियमित रुपमा सबै विद्यालय खोल्ने तयारी भएको महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…