कोरोना विरुद्ध खोप उपलब्ध गराउन बेलायती प्रम जोनसनलाई ओलीको आग्रह

जेठ २२, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सघाउनका लागि बेलायतलाई आग्रह गरेका छन् । ओलीले बेलायतसँग कोरोना खोपको अपेक्षा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।

बिबिसीको विश्व सेवासँग अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री अ‍ोलीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग कोरोना खोपको सहयोग मागेका हुन् । ओलीले शुक्रबार बिबिसीको अंग्रेजी, हिन्दी र नेपाली सेवासँग अन्तर्वार्ता दिँदै सहयोगको अपिल गरेका हुन् ।

बेलायती सैनिकका रुपमा नेपाली युवाहरुले दिएको योगदान र गोर्खा सैनिकको सम्मानका लागि पनि बेलायतले नेपाललाई कोभिड एडको प्राथमिकतामा राख्नुपर्ने बताए ।

aawash steels

प्रधानमन्त्री ओलीले आफूले बेलायतलाई, खास गरी प्रधानमन्त्री बोरिस जोनसनलाई नेपालमा अहिले कोरोना संक्रमणको अवस्थाका विषयमा जानकारी गराउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामीले अहिले जनतालाई कोरोना खोप लगाउन सक्यौँ भने कोरोना नियन्त्रण गर्न सहज हुनेछ । अन्यथा परिस्थिति अझ खराब बन्दै जानसक्छ ।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिबिसीका तीनवटै सेवासँग एकैपटक अन्तर्वार्ता दिँदै नेपालमा कोरोनाको अवस्था, नियन्त्रणको प्रयास र आवश्यकताका विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…