काठमाडौँमा छुटको ग्यास सिलिन्डर लिन उपभोक्ताको विहानै देखि लाइन

जेठ २१, काठमाडौं : एउटा खाना पकाउने ग्यासमा २ सय ८० रुपैयाँ छुट दिइएपछि आज बिहानैदेखि काठमाडौं उपत्यकाभित्रका साल्ट ट्रेडिङमा उपभोक्ताको लामो लाइन लागेको छ। बिहानदेखि नै चर्को गर्मी सहेर उपभोक्ताहरु छुटको ग्यास लिन कोभिड संक्रमण भुलेर पनि कुरिरहेका छन्। सोल्टी मोडस्थित साल्ट ट्रेङिङ अगाडि यस्तै भिड देखिएको हो।

सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ। बजेटमार्फत् घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट आजबाट लागू भएको हो। कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्। छुटमा ग्यास लिन उपभोक्ताले संक्रमण भुलेर भिडभाड गरेपछि प्रहरी टोली पुगेर व्यवस्थापन गरेको थियो। दुरी कायम गरेर ग्यास लिन प्रहरीले उपभोक्तालाई आग्रह गरेको थियो।

साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी लिमिटेडले आफूले बिक्री गर्ने सामाग्रीमा २० प्रतिशत छुट दिन सुरु गरेको छ। १४ सय रुपैयाँ प्रति सिलिन्टर पर्ने एसटीसी ग्यासमा २८० रुपैयाँ कम घटेर ११२० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, मानिस टाढाबाट पनि सवारी साधन लिएर भए पनि ग्यास सिलिन्डर लिन पुगेका छन्।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…