विश्वकप छनोटमा नेपालद्वारा चाइनिज ताइपेइ २–० ले पराजित

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले हराएको छ । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठको १-१ गोलको मद्धतले नेपाल विजय भएको हो।

कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे ।

समूह बीमा रहेको नेपालले जीतसँगै ६ खेलबाट ६ अंक जोडेको छ । नेपालको लक्ष्य समूहको शीर्ष चारभित्र परेर सोझै एशिया कप छनोटको तेस्रो चरणमा पुग्ने हो ।  त्यसका लागि आजको जीत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । समूह बीमा चार खेलबाट १२ अंक बटुल्दै अस्ट्रेलिया शीर्ष स्थानमा छ ।

त्यस्तै पाँच खेलबाट १० अंक बटुलेको कुवेत र समान अंक बटुलेको जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ६ खेल खेलेको नेपाल ६ अंकसहित चौथो स्थानमा छ । ६ खेलबाट कुनै अंक बटुल्न नसकेको ताइपेई भने पुछारमा छ । छनोटअन्तर्गत नै गत वर्ष पहिलो लेगमा पनि नेपालले ताइपेइलाई २–० ले हराएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…