पछिल्लो २४ घण्टामा थप ५,९०४ ले जिते कोरोना, ६,८२५ नयाँ थपिए, ७५ जनाको मृत्यु

काठमाडौं, २० जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५,९०४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा थप ६,८२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोभिड–१९बाट संक्रमितको हुनेको संख्या ५ लाख ८६ हजार ५०९ पुगेको छ ।

aawash steels

यस्तै पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितले ज्यान गएको छ । योसँगै हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ७,६३० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ८३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ५६२ जनाको पीसीआर र ३,२११ जनाको एन्टीजेन विधिबाट कोभिड–१९ को संक्रमण परीक्षण गरिएको छ । आज नेपालमा निको हुने भन्दा संक्रमित हुनेको संख्या बढेको छ । यसअघि संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…