नेप्से अहिलेसम्मकै उच्च, एकै दिन १७ अर्बको कारोबार

काठमाडौं, जेठ २० । सेयर बजार परिसूचक नेप्सेले आज (बिहीबार) नयाँ रेकर्ड बनाएको छ । बिहीबार उतार–चढावबीच बजार परिसूचक नेप्से २९.६४ अंकले बढेर २८५६.७७ अंकको ऐतिहासिक उचाइमा पुगेको हो ।

साताको पहिलो दिन आइतबार २८२७.९३ अंकमा पुगेर केही तल झरेको नेप्सेले आज अहिलेसम्मकै उच्च बनेको हो । बजार परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ । बुधबार ११ अर्बमाथिको कारोबार भएको बजारमा आज करिब १७ अर्ब रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजारको कारोबार भएको छ ।

नेप्सेका आज अहिलेसम्मको दोस्रो उच्च रकमको कारोबार भएको हो । यसअघि गएको आइतबार १७ अर्बमाथिको कारोबार भएको थियो । बजारलाई लिड गर्ने बैंकिङसँगै विकास बैंक र वित्त कम्पनी उपसूचकमा हरियाली छाउँदा नेप्सेले नयाँ इतिहास रचेको छ ।

आज नेप्सेमा विकास बैंक उपसूचक सर्वाधिक ३.७४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक ३.३४ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक ३.३२ प्रतिशत र बैंकिङ उपसूचक २.७१ प्रतिशतचले बढेको छ ।

बैंकिङ क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । पछिल्लो बुलिस बजारमा अन्य क्षेत्रको तुलनामा कम बढेको बैंकिङ तथा विकास बैंक क्षेत्रमा पछिल्लो केही दिनयता भने लगानीकर्ताको आकर्षण बढेको छ । यता, हाइड्रोपावर उपसूचक भने सर्वाधिक २.०४ प्रतिशतले घटेको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.८६ अंकले बढेर ५१३.११ अंकमा पुगेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको लगातार दोस्रो दिन पनि अर्बमाथिको कराोबार भएको छ । आज कम्पनीको १ अर्ब २ करोड ७० लाख २७ हजारको कारोबार हुँदा छिमेक लघुवित्तको ६८ करोड १६ लाख ५० हजार र लुम्बिनी विकास बैंकको ३५ करोड ५ लाख ९२ हजारको कारोबार भएको छ ।
यस्तै नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख ७१ हजार र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३३ करोड १३ लाख ८७ करोडका कारोबार भएको छ ।

आज कारोबारमा आएमा मध्ये चार कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा मन्जुश्री फाइनान्स, महिला लघुवित्त, गुडविल फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । यस्तै, साइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७.९५ प्रतिशतले बढेको छ ।

पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य ५.९२ प्रतिशतले गिरावट हुँदा ३६.५ प्रतिशत बोनस सेयर र त्यसपछि १४७ प्रतिशत हकप्रद प्रस्ताव गरेको राधि विद्युत् कम्पनीको सेयर मूल्य पनि ५.०६ प्रतिशतले घटेको छ । सेयर मूल्य धेरै घट्नेमा जलविद्युत् कम्पनी नै अगाडि रहेका छन् । आज कारोबार भएका ९९ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८१ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…