रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप

जेठ २० , बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड संक्रमण व्यवस्थापन केन्द्र (डीसीएमसी) को सिफारिस अनुसार बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा वैशाख १६ गते यता निषेधाज्ञा जारी छ । यसपटकको निषेधाज्ञामा एग्रोभेट पसल स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि विहान ४ बजेसम्म खोल्न पाइने व्यवस्था मिलाइएको र अन्यको हकमा यसअघिकै निर्णय यथावत रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

aawash steels

यस्तै मल बिउ लगायत कृषिसँग सम्बन्धित वस्तुको बिक्री र उत्पादनलाई खुकुलो गरिएको तामाङले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा शान्ति सुरक्षा,स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टिन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा सञ्चालन गर्न पाइने छैन ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ । सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ मल, ब्यूटिपार्लर र स्वीमिङ् पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…