ओली र नेपाल–खनाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं,  जेठ २०। एकता र विभाजनको दुबै सम्भावना देखिइरहेका बेला आज (बिहीबार) नेकपा एमाले केपी शर्मा ओली र माधवकुमार नेपाल–झलनाख खनाथ दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाएको छ ।

ओली पक्षले स्थायी कमिटी र नेपाल–खनाल पक्षले आज केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन् । हिजो दिउँसो ४ बजेका लागि बोलाइएको संस्थापन पक्ष (ओली पक्ष) को स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

अस्ती मंगलबार बसेको स्थायी कमिटी बैठकले अन्तिम अवस्थासम्म पार्टी एकता जोगाउन प्रयास जारी राख्ने निर्णय गरेको थियो । यस्तै नेकपा एमालेको खनाल–नेपाल समूहले बिहान ११ बजेका लागि आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको खनाल–नेपाल समूहका नेताहरुले बताएका छन् । २०७५ सालको जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनेबारे दुवै पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले छलफल गरिरहेको समयमा खनाल–नेपाल समूहका केन्द्रीय कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…