चौधरी ग्रुपको बियर कम्पनी प्लान्टमा भीषण आगलागी

नवलपुर, जेठ १९। नवलपुरस्थित चौधरी ग्रुपको बियर प्लान्टमा भीषण आगलागी भएको छ । बिहान साढे ८ बजेबाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

‘गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ’, एसपी प्रकाश मल्लले भने, ‘प्लान्टमा लागेको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन । पाँच वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

चौधरी ग्रुपको नेपाल आइसलगायतका बियर सो कम्पनीबाट उत्पादन हुने गर्छ । प्रहरीका अनुसार विद्युतको तार सर्ट भएर आगो लागेको हो कि भन्ने आशंका छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…

पछिल्लो २४ घण्टामा २१३ मा कोरोना संक्रमण, ३१५ जना निको,…

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६,६३२ नमुना परीक्षण…

प्रदेशहरूले विकास खर्च गर्न सकेनन्

काठमाडौं, ७ मंसिर । संघीय सरकारको विकास खर्च ५ प्रतिशतको हाराहारीमा रहेका बेला प्रदेश सरकारहरूको पूँजीगत खर्च पनि पहिलो त्रैमासमा कमजोर देखिएको छ । सिंहदरबारको अधिकार…

एमसीसी संशोधनपछि मात्र पास हुन्छ : गिरिराजमणि

सिरहा, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अमेरिकी सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संशोधनपछि मात्र पास गर्ने बताएका छन्…