उपत्यकामा निषेधाज्ञा थपिंदै, खाद्य पसल र निर्माण क्षेत्र खुल्ने, सार्वजनिक गाडी नचल्ने

काठमाडौं,  जेठ १९। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज थप गरिने भएको छ । निषेधाज्ञालाई केहि खुकुलो बनाएर अवधि लम्ब्याउने निर्णय आज (बुधबार) गरिने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निर्णयका लागि आज बिहान ११ बजे तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बस्दैछ । काठमाडौंमा २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । आज बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

aawash steels

निर्माण क्षेत्रमा नै कर्मचारी राखेर सञ्चालन गरिने पूर्वाधार निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर अघि बढाउन सक्ने निर्णय गर्न लागिएको भट्टराइले बताएका छन् । निर्माण सामग्री ओसार्नको लागि भने रातिको समय तोकिएको छ । हाल उपत्यकामा पूर्वाधार निर्माणमा समेत रोक लगाइएको थियो । अब थप गरिने निषेधाज्ञामा पनि सार्वजनिक र निजी सवारी भने नखुल्ने भएको छ ।

‘हिजो (मंगलबार) कै बेठकमा मोटामोटी खाका बनिसकेको छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले बुधबार भने, ‘आज आधिकारिक निर्णय गर्नेछौं ।’ उनका अनुसार जेठभर निषेधाज्ञा जारी राख्ने र खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजे सम्म खोल्न दिने विषयमा छलफल भइरहेको छ ।

‘तर आधिकारिक निर्णय चाहिँ आजको भर्चुअल बैठकपछि नै सार्वजनिक गरिनेछ,’ उनले भने । यसअघि तोकिएको निषेधाज्ञाको अवधि भोलि (जेठ २०) गते मध्यरातिबाट सकिँदै छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार निषेधाज्ञा अवधि जेठभरि जारी राख्ने हुँदा अरू १० दिन थपिने देखिन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…