लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज (बुधबार) बाट शुरु हुँदै

बुटवल, १९ जेठ । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन (आठौं अधिवेशन) आज (बुधबार) बाट शुरु हुँदैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

यस वर्ष कोरोना नियन्त्रण तथा कोरोनाले पारेको आर्थिक मन्दीलाई चलायमान बनाउन बजेटले प्राथामिकता दिने लुम्बिनीको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गएको वर्ष ३६ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले यो वर्ष पनि त्यही हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् । कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामासम्मको कुरा बैठकमा हुने विपक्षी नेताहरुले बताएका छन् । मुख्यमन्त्री पोखरेलले जालझेल गर्दा पनि बहुमतको अवस्थामा रहन नसकेको ठहर विपक्षी गठबन्धनको छ ।

प्रदेशसभामा विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलविरूद्व यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आजै सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने आशंका एमालेले गरेको छ ।

गएको बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्न नपाउदै अर्कै बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ । दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसदमा प्रवेश गराइएको छैन । एमाले अल्पमतमा परेको अवस्थामा जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा ल्याउँदा समेत मुख्यमन्त्री अल्पमतमा छन् ।

लुम्बिनी प्रदेश सभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), अल्पकालिन आदेशबाट सांसद् पद पाएका ४ जनासहित जसपाका ६ र राष्ट्रिय जनमोर्चामा एक सांसद छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…