राजपरिवार हत्याकाण्डको २० वर्ष पुरा, घटना अझै रहस्यमय

“राजपरिवारले नै न्याय नपाएको देशमा आम नागरिकले कसरी न्यायको अनुभूति गर्न सक्लान?”

१९ जेठ, काठमाडौं । तत्कालिन राजा विरेन्द्र वीरबिक्रम शाह, रानी ऐश्वर्य लगाएत राजपरिवारको रहस्यमी हत्याकाण्डको आज २० वर्ष पुरा भएको छ ।

वि.स. २०५८ साल जेठ १९ गते शुक्रबार राति पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । राजदरवारभित्रै राजाको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि हत्याको रहस्य बाहिर आउन सकेको छैन ।

aawash steels

हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूमाथि गोलि चलाएको र पछि आफैँलाई गोली हानेर आत्महत्या गरेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेको उक्त प्रतिवेदन निकै विवादित बनेको थियो । आम नागरिक उक्त घटनाको पछाडी युवराज दिपेन्द्रको हात रहेको कुरा मान्न तयार भएनन् ।

राजदरबार हत्याकाण्डको स्वतन्त्र छानबिन गर्न बेताबखत माग उठे गरेपनि हालसम्म त्यसको लागि ठोस पहल भने भएको छैन ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…