विवेकशील साझा पार्टीका संस्थापक उज्जवल थापाको निधन (अस्पतालको विज्ञप्तीसहित)

काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ । कोभिड–१९ का कारण गम्भीर बनेका थापाको उपचारका क्रममा निधन भएको हो ।

थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । गम्भीर अवस्थामा रहेका थापालाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार आउन नसकेपछि मेडिसिटीमा इसिएमओ प्रविधिबाट उपचार गरिएको थियो ।

तर उपचारकै क्रममा उनको आज (मंगलबार) दिउसो निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको छ । थापा कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए । ह्याम्सले ग्राण्डी अस्पताल रेफर गरे पनि इसिएमओ प्रविधिबाट उपचार गर्नुपर्ने भएपछि मेडिसिटी लगिएको थियो ।

४४ वर्षीय थापाको ४ बजेर २५ मिनेट जाँदा निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिएका छन् । ‘विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वलबहादुर थापा हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे) हामीबीच रहनु भएन,’ पाण्डेले भने ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…