काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप्ने तयारी

काठमाडौं, जेठ १८। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप्ने तयारी भएको छ । आज (मंगलबार) बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीचको वैठकले जारी निषेधाज्ञा १० दिन लम्ब्याउनेबारे छलफल गरेको हो ।

निषेधाज्ञाका कारण कोरोनो नियन्त्रणमा सहयोग पुगी संक्रमण दर कम हुँदै गएको ठहर गर्दै थप १० दिन निषेधाज्ञा लम्ब्याउनेबारे छलफल भएको हो । निषेज्ञाधा लम्ब्याउनेबारे तीन सीडीओबीच सहमति भए पनि निर्णय भने भोलि (बुधबार) मात्र हुने जनाइएको छ ।

aawash steels

थपिएको निषेधाज्ञा अवधिलाई केहि खुकुलो बनाउने तयारी रहेको छ । सर्वसाधरणको जनजीवनलाई केही सहज बनाउन खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । आजको बैठकमा छलफल मात्रै भएको र बुधबार बिहान औपचारिक निर्णय गरिने उनले बताएका छन् ।

निषेधाज्ञाका कारण निर्माण क्षेत्रमा काम रोकिएकाले निर्माणस्थलमै आवासीय कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको उनले बताएका छन् । कोरोना संक्रमणदर उच्च भएपछि गत बैशाख १६ देखि उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…