त्रिनेत्र मिडियाको आयोजनामा “स्टोरी टेलिंग कन्टेस्ट”

१८ जेठ, काठमाडौं । त्रिनेत्र मिडिया प्रा.लि ले “अनलाइन स्टोरी टेलिंग”  कथा सुनाउने प्रतियोगिताको आयोजना गरेको छ ।

गत जेठ १३ गतेबाट रजिस्ट्रेशन खुल्ला गरिएको प्रतियोगितामा सहभागीले कथा तयार पारि भिडीयो बनाइ पठाउँन पर्ने नियम रहेको आयोजक समितिका संयोजक नवराज पराजुलीले जानकारी दिए। उनले “प्रतियोगीहरुले आफैले कथा तयार पारेर वाचन गरि भिडियो बनाएर जेठ २४ गते सम्ममा पठाउनु पर्ने” बताए ।

“प्राप्त सबै भिडियो मध्ये उत्कृस्ट ६ भिडियोलाइ छानेर अन्तिम चरणमा लगिने छ” उनले भने “ति ६ भिडियो त्रिनेत्र मिडियाको अफिसियल युट्युब च्यानल आजकोनेपाल टिभीमा राखिने छ, आन्तरिक मुल्यांकनबाट ति ६ भिडियो मध्ये प्रथम द्वितीय र तृतीय गरि छुट्याइने छ।” युट्युब च्यानलमा राखेका मध्ये सबैभन्दा धेरै भ्युज आउने भिडियोलाई “पब्लिक च्वाई अवार्ड” उपाधि दिई नगद र प्रमाणपत्र दिईने पराजुलीले आजकोनेपाललाई बताए ।

प्रतियोगिताको प्रमुख निणायकको रुपमा चर्चित कथावाचक साईग्रेस पोख्रेल रहने छन् । यस्तै प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ६०००, दृतिय पुरस्कार नगद रु ३५०० र तृतीय पुरस्कार रु २००० सहित सम्पूर्ण ६ जनालाई नै प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

लायोन्स क्लब अफ बुटवल नमस्ते, यनजेजेस डार्विन, अस्ट्रेलियाको सहकार्य रहेको प्रतियोगितामा पुराखबर डटकम मिडिया पार्टनर रहेको छ।

 

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…