काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं,जेठ १८ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे तयारी भइरहेको छ । यसका लागि उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) बीच मंगलबार दिउँसो छलफल हुने भएको छ ।

प्रजिआहरुले बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमण दरमा केही कमी आएपछि जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुन लागेको हो । यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिदैछ ।

उपत्यकामा कोरोना संक्रमणको दर घट्दै गए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जेठ अन्तिमसम्म निषेधाज्ञा जारी राख्ने प्रशासनको तयारी छ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

केही दिनयता काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्दा संक्रमण दर तुलनात्मक रुपमा घटेको उनको भनाइ छ । उनका अनुसार जेठ २० गतेपछिको निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी सहजीकरण गरिनेबारे आज उपत्यकाका सीडीओहरुको बैठक बस्दै छ ।

उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो । केही समययता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञहरुले कोरोना संक्रमण दर घटे पनि जोखिम भने यथावत रहेको बताएका छन् । हाल संक्रमित हुने भन्दा निको हुनेको दर बढेको छ । सोमबार मुलुकभर ६ हजार ४९१ जना निको हुँदा ४ हजार १७८ जना संक्रमित थपिएका थिए भने ११४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…