६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई मात्र चिनियाँ खोप दिइने

काठमाडौँ , जेठ १८ | चीनबाट अनुदानस्वरूप प्राप्त हुने १० लाख मात्रा खोप ६० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई दिइने भएको छ ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले चीनबाट आउने १० लाख ‘भेरोसेल’ जोखिम वर्गको आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई दिन लागिएको बताउनुभयो । उहाँले खोप भित्रिने मात्राको आधारमा खोप लगाउनेको उमेर समूह छुट्याउँदै जाने पनि बताउनुभयो ।सोमबार साँझ बेइजिङ गएको नेपाल एयरलाइन्सको विमानले मंगलबार खोप लिएर आउँदै छ । तर, योपटक २ लाख मात्रा खोप मात्र आउने बताइएको छ । डा. पोखरेलका अनुसार कम्तीमा ५ लाख मात्रा खोप प्राप्त भएपछि मात्रै खोप कार्यक्रम सञ्चालन गरिनेछ । यसभन्दा अगाडि चीन सरकारले ८ लाख डोज भेरोसेल उपलब्ध गराएको थियो ।सरकारको तथ्यांकअनुसार ६० देखि ६५ वर्षका अझै करिब सात लाख नागरिकलाई खोप लगाउन बाँकी नै छ । दुवै डोज खोप दिनका लागि १४ लाख मात्रा आवश्यकता पर्छ ।

यसअघि, सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दिइएको थियो । झन्डै ९ लाख जेष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । डा. पोखरेलले आगामी दिनमा कोभिसिल्डको सट्टा दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एस्ट्राजेनिका खोप ल्याउने तयारी भइरहेको छ । सो खोप आएपछि पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनेछौं ।’

 

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…