खोप जुटाउन राष्ट्रपतिले बेलायतकी महारानीलाई पठाइन् पत्र

काठमाडौं, १७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई पत्र पठाएकी छन् । त्यो पत्र बेलायतको विदेश मन्त्रालयमा आइतबार बुझाइएको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले आइतबार नै रुसका समकक्षी भ्लादिमिर पुटिनलाई पनि कोरोनाविरुद्ध खोप सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएकी छन् । उनले पुटिनसँग फोन संवाद नै गर्न चाहेको भए पनि सम्भव नभएको स्रोतले जानकारी दिएको छ ।

aawash steels

यसअघि राष्ट्रपतिले अमेरिकाका राष्ट्रपति जो बाइडेन र भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पनि कोरोना खोपकै सहायता माग गर्दै उनले पत्र पठाइसकेकी छन् ।

यस्तै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सी चिनफिङलाई पनि टेलिफोन गरेर कोरोना खोप सहयोग गर्न आग्रह गरेकी थिइन् भने लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । चीनले घोषणा गरेको खोप बेइजिङबाट ल्याउन आज नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाँदैछ ।

कोरोनाविरुद्धको खोप जुटाउन राष्ट्रपति भण्डारी सक्रिय भइरहेका बेला पराराष्ट्रविदहरुले प्रधानमन्त्री र पराष्ट्रमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन् । कार्यकारी प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले गर्नुपर्ने काम राष्ट्रपतिले गरेको भन्दै पराराष्ट्रविदहरुले प्रधानमन्त्रीको भूमिकाका बारेमा प्रश्न उठाएका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…