न्यायाधीश केसी र श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न निवेदकको माग

काठमाडौँ , जेठ १६ | संवैधानिक इजलासमा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई नराख्न निवेदकले माग गरेका छन् । आइतबारको बहसको क्रममा सुरुमै अधिवक्ता गोविन्द बन्दीले केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएका हुन् ।

यस विषयमा बहस गर्न बन्दीले पाँचजनाले बोल्ने गरी एक घन्टाको समय माग गरे ।  बन्दीले भने, ‘नेकपा विभाजनको फैसला गर्ने बमकुमार श्रीमानले नबस्नु उपयुक्त हुन्छ । त्यो फैसलाले नेकपा विभाजन गर्दियो भन्ने चर्चा छ श्रीमान् । यसको रिभ्यु (पुनरावलोकन)मा तेजबहादुर श्रीमान् पनि बस्नुभो ।’ केसी र श्रेष्ठ रहँदा अदालतको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकाले इजलासमा नराख्न बन्दीले आग्रह गरे ।

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फैसला सही कि गलत भन्ने बहस नगर्न आग्रह गरे । उनले भने, ‘फैसला सही कि गलत भन्ने बहस नगर्नु न तपाईं । त्यो तपाईंले डिसाइड गर्ने होइन के । त्यो सही या गलत भनेर तपाईंले बहस गर्न पाउनुहुन्न । यो मुद्दामा कसरी जोडिएको छ त्यो विषय ?’

बन्दीले फेरि भने, ‘म भन्दै छु श्रीमान् । यो इजलासमा बस्नु ठीक हुन्छ कि हुन्न, दुवैजनाले सोचौँ श्रीमान् ! तपाईंहरू नै विचार गर्नुस् ।’ बन्दीले खोलाको पानी मिसिसकेपछि छुट्याउन गाह्रो हुने उदाहरण दिँदै माओवादी र एमाले एक भइसकेपछि अदालतको त्यो फैसलाले गर्दा दुई दलका नेता फेरि बाँडिएको र राम्रोसँग छुट्टिन नसकेको बताए । उक्त फैसला धेरै विवादित भएको बन्दीले औँल्याए ।

२३ फागुनमा बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा एकतालाई भंग गर्दै एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्काइदिएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितले दायर गरेको पुनरावलोकनमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर कार्कीको इजलासले खारेज गरिदिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, केसी र श्रेष्ठ छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…