कोभिड-१९ खोपको लागि स्वैच्छिक आवेदन भर्न त्रिविद्वारा आग्रह

जेठ १६, काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोभिड–१९ विरुद्ध खोप लगाउन नपाएका प्राध्यापक र कर्मचारीहरू र विद्यार्थीहरूलाई स्वैच्छिक आवेदन फारम भर्न आग्रह गरेको छ ।

नेपाल सरकारले विगतका दिनहरूमा कोभिड १९ को पहिलो र दास्रो डोज खोपको लगाउन नपाएका व्यक्तिहरूका लागि अनलाइन माध्यमबाट कोभिड १९ को पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम भर्ने भराउने कार्य शुरु गरेको हुँदा त्रिविले उक्त आग्रह गरेको हो ।

खोप नलगाएका त्रिविमा अध्ययन, अध्यापन र व्यवस्थापन कार्यमा संलग्न शिक्षक कर्मचरी र विद्यार्थीलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब पेजमा गई तोकिएका बमोजिम फारम भर्न त्रिविले अनुरोध गरेको छ ।

त्रिविले शनिबार एक सूचना जारी गर्दै विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले विश्वविद्यालयमा अपुरणीय क्षति पुर्‍याएको भन्दै खोप लगाउन छुटेका सबैलाई खोपको लागि फारम भर्न आग्रह गरेको हो ।

महामारीबाट सुरक्षित रहन नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि मापदण्डहरू अनिवार्य रुपमा पालना गर्न गराउने आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबैलाई त्रिविले सुचनामार्फत आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…