काठमाडौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।
शनिबार बसेको मन्त्रिपरिषद्ले बजेट भाषणका लागि राष्ट्रपति समक्ष तीन वटा अध्यादेश सिफारिस गरेको थियो । सोही राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।
अध्यादेश जारी भएसँगै अर्थमन्त्री विष्णु पौडेलले ४ बजे प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयबाट केहीबेरमा बजेट भाषण गर्दैछन् ।