देशलाई निकास दिन ताजा जनादेश मात्रै विकल्प : प्रधानमन्त्री

काठमाडौं,  जेठ १५। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन ताजा जनादेश एक मात्र विकल्प भएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब जनताले मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने प्रवृत्तिको छिनोफानो गर्ने बताए ।

‘मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरुप जारी घोषणापत्रअनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरुसमक्ष अवगत नै छन् । तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ’, उनले भने, ‘जनताका लागि होइन, सत्ता आकांक्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो ।’

aawash steels

मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एक मात्र विकल्प हुन पुगेको उनले बताए । सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने ओलीको भनाई छ ।

सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको उनले बताए । सिङ्गो मानव समुदाय कोरोना महामारी विरूद्ध कठीन सङ्घर्षमा जुटेको बताउँदै उनले हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीका रूपमा यसलाई दर्शाए । महामारीबाट जनताको जीवन रक्षा गर्न सम्भव प्रयासहरु अघि बढाएको उनको भनाई छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…