गणतन्त्र दिवस योपल्ट सैनिक मुख्यालयमा

काठमाडौं,जेठ १५ । गणतन्त्र दिवसको मूल समारोह यसपल्ट सैनिक मुख्यालयभित्र आयोजना गरिएको छ । विगतमा काठमाडौंको ठूलो टुँडिखेलको खुल्ला चौरमा हुँदै आएको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा भएको हो ।

गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैं छन् । कार्यक्रमको व्यवस्थान भने गृह मन्त्रालयले मिलाउने गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको जानकारी दिएका छन् ।

aawash steels

पानी परेर कार्यक्रम प्रभावित हुने भएकाले टुँडिखेलको खुल्ला चौरमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्न नसकिएको गृहका एक अधिकारीले जानकारी दिएका छन् । जंगअड्डामा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको छ ।

राष्ट्रपतिबाट ४३० जनाको कैद मिनाहा
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् ।

जनआन्दोलन २०६२–६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

२३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

गणतन्त्रलाई जनता विजय भएको पर्वको रुपमा मनाउन आग्रह गरिए पनि कोरोना महामारीका कारण अक्सिजन समेत नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाका कारण जनतामा उत्साह छैन । सत्ताको लुछाचुडीका कारण गणतान्त्रिक व्यवस्था नै धरापमा परेको टिप्पणी समेत हुने गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी छन् ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…