२१८ किलो गाँजासहित ट्यांकर चालक र सहचालक पक्राउ

बारा, जेठ १३। बाराबाट २१८ किलो गाँजासहित ट्यांकर चालक र सहचालक पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चोकस्थित रामरहिम ग्यारेजमा ना ४ ख २९७९ नम्बरको ट्यांकरमा लुकाइराखेको २१८ किलोग्राम अवैध लागुऔषध गाँजासहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा ट्यांकरका चालक महोत्तरीको बर्दिवास नगरपालिका–८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवनको खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडी रहेका छन् ।

aawash steels

काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको उक्त ट्यांकर जाँच गर्ने क्रममा ट्यांकरको च्याम्बरभित्र १९ पोकामा लुकाइराखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…