चीनद्वारा नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा

जेठ १३, काठमाडौँ। चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।

 

बुधबार बिहान नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोनमा कुराकानीका क्रममा राष्ट्रपति जिनपिङले यस्तो घोषणा गरेका हुन् ।

 

नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको भन्दै यसलाई नियन्त्रणमा लिन खोप प्रभावकारी भएकाले नेपाललाई सहयोग गर्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन् । यसपछि चीनले अनुदानमा १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

aawash steels

 

‘नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज कोभिड भ्याक्सिन उपलब्ध गराउने घोषणा गर्नुभएको छ,’ राजदूत यान्छीको ट्विटमा उल्लेख छ । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा उपलब्ध गराएको थियो। चीनले विभिन्न स्वास्थ्य सामग्री समेत नेपाललाई उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…