पछिल्लो २४ घण्टामा थप ६,७१६ ले जिते कोरोना, ६,७१४ नयाँ थपिए, १४५ को मृत्यु

काठमाडौं, जेठ १२। नेपालमा पछिल्लो २४ घण्टामा ६,७१६ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ५ लाख ३५ हजार ५६४ जना संक्रमित उपचारपछि निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६,७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६,७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

aawash steels

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिडको दोस्रो लहरको सबैभन्दा कम संक्रमित थपिएका छन् । आज उपत्यकाका तीन जिल्लामा जम्मा १,४९३ जना संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौैंमा १,१४९ ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।

देशभर हाल एक लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६,८४५ पुगेको छ । देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…