किन विशेष छ बुधबारको चन्द्र ग्रहण ?

काठमाडौं, ११ जेठ । मे २६ बुधबार चन्द्रग्रहण लाग्दैछ । यो पटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ ।

यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्नेछ । अनि जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ । बुधबारको सुपर मून वर्ष सन् २०२१ को दोश्रो सुपरमून हो ।

aawash steels

यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ । तथापि, उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिने छ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ । खगोलविद्हरूका अनुसार हरेक अढाई वर्षमा एकपटक चन्द्र ग्रहणको बेला रातो चन्द्रमा देखिन्छ ।

सुपरमुन के हो ?

सुपर मुन यस्तो खगोलीय घटना हो जहाँ चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँछ । सोही कारण चन्द्रमा अन्य समयमा भन्दा ठूलो आकारको र १४ प्रतिशत धेरै चम्किलो देखिन्छ । त्यसलाई पेरिगी मुन पनि भनिन्छ । चन्द्रमा वा कुनै पनि प्राकृतिक उपग्रहहरू पृथ्वीको सबैभन्दा नजिक आएको अवस्थालाई पेरिगी भनिन्छ भने सबैभन्दा टाढाको अवस्थालाई अपोगी भनिन्छ ।

चन्द्रमालाई सुपर मुन तब भनिन्छ जब चन्द्रमा पृथ्वीबाट ३ लाख ६० हजार किलोमिटर वा त्यसभन्दा पनि कम दूरीमा हुन्छ । २६ मे को दिन पेरिगीको स्थिति करिब ७.२३ मिनेट रहनेछ र त्यतिबेला चन्द्रमा पृथ्वीबाट ३ लाख ५७ हजार ३०९ किलोमिटरको दूरीमा हुनेछ ।

कतिपयले सुपरमुनका कारण पृथ्वीमा विभिन्न खालका प्रभाव पर्ने र यस्तो बेला भूकम्प, ज्वालामुखी, सुनामी, बाढी वा मौसमी गडबडीका घटना हुने अनुमान गर्दछन् । तर वैज्ञानिकहरुका अनुसार यस्तो दाबीको कुनै पनि प्रमाण छैन ।

यद्यपि चन्द्रमाको असरले समुद्रमा ज्वारभाटा चाँही अवश्य हुन्छ र पूर्णिमाको समयमा समुद्रमा ज्वारभाटा झनै तिव्र हुन्छ । तर पेरिगीको स्थितिमा पनि समुद्रमा उठ्ने ज्वारभाटामा खासै ठूलो परिवर्तन हुँदैन ।

ब्लडमुन

चन्द्र ग्रहणका क्रममा चन्द्रमा पृथ्वीको छायामा पर्दछ । यहीं क्रममा क्रममा कुनैबेला चन्द्रमा पूर्ण रूपमा रातो पनि देखिन्छ । त्यसलाई ब्लड मुन भनिन्छ । नासाका अनुसार सूर्यका किरणहरु पृथ्वीको वातावरणमा छिरेसँगै केही मोडिन्छन् र फैलिन्छन् ।

निलो र बैजनी रंग रातो र सुन्तला रंगभन्दा धेरै फैलिन्छ । सोही कारण आकाशको रंग निलो देखिन्छ । रातो रंग सिधा दिशामा अगाडि बढ्छ, सोही कारण सूर्योदय र सूर्यास्तको बेलामा मात्रै आकाश रातो देखिन्छ । त्यसक्रममा सूर्यको किरण धर्तीको वातावरणको एक बाक्लो तह पार गरेर हाम्रो आँखासम्म पुग्दछ ।

चन्द्रग्रहणका समयमा सूर्योदय तथा सूर्यास्तको समयका बाँकी राता किरणहरु पृथ्वीको वातावरण हुँदै चन्द्रमाको सतहसम्म पुग्दछन् । त्यसैले ग्रहणका बेला चन्द्रमा हामीले रातो देख्छौं । पृथ्वीको वातावरणमा ग्रहणका बेला जतिधेरै बादल वा धूलो हुन्छ, चन्द्रमा उति नै धेरै रातो देखिन्छ ।

ब्लु मुन

यो पटकको पूर्णिमा मे महिनाको दोश्रो पूर्णिमा हो । जब कुनै पनि महिनामा दुईवटा पूर्णिमा हुन्छन् तब दोश्रो पूर्णिमालाई ब्लु मुन भनिन्छ । वैज्ञानिकहरुका अनुसार सुपरमुन तथा चन्द्रग्रहण फरक फरक खगोलीय घटना हुन् जुन कुनैबेला सँगै घटित हुन्छन् । बीबीसीबाट

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…