चार हप्तापछि कोरोना संक्रमण दर घट्दै जाने:स्वास्थ्य मन्त्री

काठमाडौं, जेठ १० ।स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आगामी चार हप्तापछि कोरोना संक्रमण दर घट्दै जाने अनुमान गरिएको बताएका छन्।

सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले अहिले दैनिक सरदर ८ हजार ३ सय जनामा संक्रमण भेटिएको बताउँदै चार हप्तापछि यो दर घट्ने बताएका हुन्।

निषेधाज्ञाका बाबजुद कतिपय सेवाहरु सूचारु भइरहेको अवस्थामा संक्रमण अपेक्षाकृत नियन्त्रणमा नआएको मन्त्री त्रिपाठीले बताए।
मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित रहेका छन्। १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन् ।

aawash steels

मन्त्री त्रिपाठीका अनुसार अहिले देशभर १५७ सरकारी र ४५ वटा निजी अस्पतालमा कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको छ

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…