उपत्यकामा फेरि निषेधाज्ञा अवधि थप्ने तयारी

काठमाडौं, १० जेठ । नेपालमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सचेत गराइरहेका बेला महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा कप कडाइका साथ जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी भएको छ ।

यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ । तर स्थिति अझै भयावह नै रहेकाले यो अवधि लम्ब्याउनु पर्ने देखिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् ।

aawash steels

‘त्यसका लागि हामी भोलि तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका सीडीओ (प्रमुख जिल्ला अधिकारी) छलफलमा बस्दैछौं,’ पराजुलीले भने । जेठ १३ पछि निषेधाज्ञा अवधि एक हप्ता थप्ने कि भन्ने सोच रहेको तर भोलि मंगलबार छलफलपछि मात्रै यस विषयमा निर्णयमा पुगिने उनले बताए ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ । शुरुमा एक हप्ता निषेधाज्ञा जारी गरेका तीन जिल्लाका प्रशासन कार्यालयले दुई पटक अवधि थपेर जेठ १३ सम्म लम्ब्याएका हुन् । उपत्यकाका तीन जिल्लाले एकैसाथ र उही नियमका साथ निषेधाज्ञा घोषणा गर्ने गरेका छन् । अहिले लगभग देशैभर निषेधाज्ञा लागू छ । दुई जिल्ला मनाङ र खोटाङमा मात्रै निषेधाज्ञा हुन बाँकी छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक अवस्थामा बाहेक घरबाट निस्किन समेत पाइन्न । अटेर गरे जरिवाना तथा जेल सजायसम्म हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…