हेटौंडा अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

मकवानपुर, १० जेठ । कोरोना संक्रमणबाट मकवानपुरको हेटौंडा अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत एक पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालको कोभिड इन्चार्ज डा. सागर काफ्ले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ की ६१ वर्षकी एक महिलाको आइतबार दिउसो १ बजेको समयमा मृत्यु भएको हो । त्यस्तै थाहा नगरपालिका वडा नम्बर–३ का ७५ वर्षका एक पुरुषको आज विहान करिव १० बजेको समयमा मृत्यु भएको उनले बताए । केही दिन अघि कोरोना संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिए पछि थप उपचारका लागि हेटौंडा अस्पतालको आइसियू कक्षमा राखेर उपचार भइरहेको थियो ।

aawash steels

योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ४७ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १३ जना महिला र ३४ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…