लुम्बिनी प्रदेशका पशु चिकित्सकले फोनबाटै पशुपन्छी उपचार परामर्श सेवा दिने

त्यसका लागि १२ जिल्लाका ३७ जना पशु चिकित्सक सेवामा खटिएका छन् ।

जेठ १०, बुटवल — लुम्बिनी प्रदेशका पशु चिकित्सकहरूले पशुपन्छी बिरामी परे वा निषेधाज्ञाका कारण उनीहरूको उपचार जटिल बन्यो भने फोनबाटै उपचार परामर्श सेवा दिन थालेका छन् ।

 

नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेशले एक सातादेखि किसानलाई फोनबाटै उपचार परामर्श दिन थालेको हो । त्यसका लागि १२ जिल्लाका ३७ जना पशु चिकित्सक सेवामा खटिएका छन् ।

किसानका गुनासा सुन्दा चिकित्सकहरूसमेत अहिले व्यस्त बनेका छन् । ‘दैनिक ५० वटासम्म फोन आउँछन्,’ रूपन्देहीका डा. लक्ष्मणप्रसाद घिमिरेले भने, ‘निषेधाज्ञाले सबै ठप्प छ । त्यसैले दिउँसो मात्रै होइन, रातिमा समेत पशुपन्छी बिरामी भएका फोन आउँछन् ।’ कोरोना भाइरसको पहिलो लहरमा अधिकांश किसानले पशुपन्छीको उपचारमा समस्या भोगेका थिए । जसले धेरै पशुपन्छीसमेत मरेका थिए ।

aawash steels
प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…