संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने

काठमाडौँ , जेठ ९ | संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन मंगलबार सर्वोच्च अदालत जाने भएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने मागसहित विपक्षी गठबन्धन अदालत जाने भएको छ ।

विपक्षी गठबन्धनको बैठकले आइतबार समय नभएकाले सोमबार बिहान १० बजे सर्वोच्च जाने निष्कर्ष निकालेको हो ।  कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका सांसदले हस्ताक्षर गरेका छन् ।

aawash steels

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘आज भ्याइने भएन । हामी यही काममा जुटिरहेका छौँ । आज जान समय नपुग्ने भयो, भोलि जान्छौँ ।’

कांग्रेस सांसद रमेश लेखकले भने, ‘विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश गर्न माग गर्दै रिट दायर गर्ने गरी अघि बढेका छौँ ।’

प्रतिक्रिया :

भर्खरै प्रकाशित

जातका आधारमा कोठा नदिएर पक्राउ घरबेटीको आज रिहा

असार ९, काठमाडौँ। जातका कारणले कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी बुधबार रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको…

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…