कोरोना उपचारको ६ हप्ताभित्र ‘ब्ल्याक फङ्गस’ संक्रमणको उच्च जोखिम

काठमाडौं। कोभिड उपचारको ६ हप्ताभित्र बिरामीलाई ‘ब्ल्याक फङ्गस’ (आँखामा लाग्ने कालो ढुसी) को उच्च जोखिम हुने अल इण्डिया मेडिकल इन्टिच्युट (एम्स)का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् ।

एम्समा न्यूरोसर्जरीका प्राध्यापक डा. पी शरत्चन्द्रले यो सङ्क्रमण कुनै नयाँ समस्या भने नभएको बताए । ‘सङ्क्रमणका धेरै कारण हुन सक्छन् । सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुननसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो सङ्क्रमण हुनसक्छ,’ उनले भने, ‘कोभिड उपचारको छ हप्ताभित्र यदि मानिसलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ,’ उनले भने ।

aawash steels

उनले सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गस जस्ता समस्या निम्त्याउने खतरा रहने बताए ।

भारतका विभिन्न भागमा ‘कालो ढुसी’ सङ्क्रमणका घटना सार्वजनिक भइरहेका छन् । राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडुजस्ता राज्यले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन् ।

उनीहरुले प्रत्येक ‘म्युकोर्माइकोसिस’ को अवस्था राज्य सरकारलाई रिपोर्ट गर्नु अनिवार्य गरेका छन् । कोभिड महामारीको अतिरिक्त कालो ढुसीको सङ्क्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो आन्द्राको म्युकोर्माइकोसिसको दुर्लभ घटना समेत देखिएको छ । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या

काठमाडौं, ९ असार । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा हत्या गरेर फालिएकी महिलाको शवको पहिचान भएको छ । विभिन्न पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला…

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ शुरु

९ असार, काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैदेखि समस्या

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि फोन नलाग्नेजस्ता गुनासा आएका छन्। सम्पर्क नहुने समस्या आएपछि देशभरका सेवाग्राही मर्कामा परेका छन्…

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मुद्दामा आजबाट…

९ असार, काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (बुधबार) बाट नियमित सुनुवाई हुँदैछ । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति…

ललितपुरमा आज ७७ वर्षमाथिकालाई कोभिसिल्ड खोप लगाइँदै, कहाँ छन् केन्द्र…

९ असार, ललितपुर । ललितपुर महानगरपालिकाले आज (बुधबार) ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । महानगरीय खोप समन्वय समितिको हिजो बसेको बैठकले…