भारतमा फेरि शक्तिशाली चक्रवात बन्दै

नयाँदिल्ली। ताउते नामको अति शक्तिशाली चक्रवातले धनजनको क्षति गरेको केही दिन नबित्दै भारतमा फेरि अर्काे शक्तिशाली चक्रवात बन्न थालेको छ ।

भारतीय मौसम विभागका अनुसार बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न शुरु गरिसकेको छ । यो यही मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परिणत हुने सम्भावना छ । जसलाई यास भनेर नामकरण गरिएको छ ।

aawash steels

भारतको मौसम विभागले शनिबार ट्वीट गर्दै चेतावनी दिएको छ, ‘यास उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुनेछ । यो मे २६ साँझसम्म बंगाल वा ओडिसाका तटीय क्षेत्र हुँदै बंगलादेशबाट अगाडि बढ्ने छ ।’

यसअघि भारतको गुजरातमा बज्रेको ताउते चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो । जसले यहाँ भारी वर्षा तथा हिमपात गराएको थियो । एजेन्सी

प्रतिक्रिया :

भर्खरै प्रकाशित

एक करोड ५७ लाख डोज खोप भित्रियो, ५५ लाख ९०…

काठमाडौं, ५ असोज । कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु भएको आठ महिनामा ५५ लाख ९० हजार बढी (नेपालको कूल जनसंख्याको १८.६) प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका…

रासायनिक मललाई पाँच अर्ब अपुग

काठमाडौं, ६ असोज । रासायनिक मल किन्न अझै करिब पाँच अर्ब रूपैयाँ अपुग हुने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले २० अर्ब रूपैयाँ बजेट छुट्ट्याउन…

घोप्टेभिरमा पहिरो : नारायणगढ–मुग्लिन सडक बन्द, खुलाउने प्रयास हुँदै

चितवन, ६ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा मंगलबार मध्यराति पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरोले बाटो दुईतर्फी नै बन्द भएको चितवन…

बजेट खर्चको मोडालिटी बदल्दै सरकार

काठमाडौं, ६ असोज । खर्च प्रणालीमा समस्या देखिएपछि सरकारले बजेट खर्चको मोडालिटी नै बदल्ने भएको छ । समयमै बजेट खर्च गर्न भन्दै नयाँ संविधानपछि बजेट घोषणाको…

कुलमानको नियुक्तिलाई निरन्तरता

काठमाडौं, ६ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको…