पछिल्लो २४ घण्टामा थप ८,८४८ जनाले जिते कोरोना, ८,९८० नयाँ थपिए, १२९ जनाको मृत्यु

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८,८४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । देशभर ८८६ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८, ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८,९८० जनामा संक्रमण भेटिएको हो ।

aawash steels

पिसिआर विधिबाट ८,५९१ र एन्टीजेन विधिबाट ३८९ जना संक्रमित पुष्टि भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२९ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ६,१५३ जना संक्रमितको ज्यान गइसकेको छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…