अमेरिकाबाट आइपुग्यो पहिलो खेपको स्वास्थ्य सामग्री

काठमाडौं, ८ जेठ । नेपालमा कोरोना महामारी सामना गर्न अमेरिकी नागरिकका तर्फबाट नेपाललाई प्रदान गरिएको स्वास्थ्य सामग्रीसहित एक कार्गो जहाज काठमाडौं आइपुगेको छ ।

अमेरिकाले तीन वटा चार्टर जहाजबाट स्वास्थ्य सामग्री पठाउने क्रममा यो पहिलो उडान काठमाडौं आइपुगेको हो । नेपालमा केहि सातादेखि तीव्ररुपमा कोरोना फैलिनुका साथै दैनिक सयौं व्यक्तिको ज्यान जान थालेपछि अमेरिकाले सो सहयोग पठाएको हो । परराष्ट्र मन्त्रालयका अनुसार सो जहाजबाट प्राप्त सामग्रीहरु नेपालका लागि अमेरिकी दूतावास र अमेरिकी सहयोग नियोग यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई हस्तान्तरण गरेका छन् ।

aawash steels

अमेरिकाबाट सर्जिकल मास्क, फेस सिल्ड, पञ्जा लगायतका सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ । अमेरिकाले अघिल्लो पटक यूएसएडमार्फत् १०० थान भेन्टिलेटर, कोरोना परीक्षण उपकरण, अक्सिजनसम्बन्धी सामग्री, पीपीई, र संक्रमितको जीवन बचाउन चाहिने अन्य मेडिकल सामग्री प्रदान गरेको थियो ।

यूएसएडले भोलि स्वास्थ्य मन्त्रालयलाई एक हजार थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । यी मेडिकल सामग्रीहरु संक्रमितको जीवन जोगाउन अत्यन्त उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…