संसद विघटनविरुद्ध पाँच दलको संयुक्त बैठक

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर मध्यरात फेरि प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन आज (शनिबार ) प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित पाँच विपक्षी दलको संयुक्त बैठक बस्ने भएको छ ।

अहिले बिहान ११ बजे बानेश्वरस्थित संसद् भवनमै कांग्रेस, माओवादी केन्द्र, एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्ने लागेको हो । गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाकी नेतृ एवं प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भनिन् ‘बैठकमा कानुनी उपचार खोज्ने विषयमा केन्द्रीत रहेर छलफल गर्ने तयारी छ ।’

aawash steels

बैठकमा प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अगाडि बढ्ने विषयमा छलफल हुने कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिएका छन् । शुक्रबार कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासहित १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…