तिब्बतले कोरोना संक्रमितको उपचारमा नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं, जेठ ६ ।चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा सहयोग पुर्‍याउन नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दिएको जानकारीअनुसार तिब्बतले नेपालाई ३० हजार लिटर अक्सिजन (तरल) र ८ सय थान अक्सिजन सिलिन्डरसहित विभिन्न आपतकालीन स्वास्थ्य सामग्री दिने भएको हो।

तिब्बत

अन्य सामग्रीमा १० थान अक्सिजन कन्सेनट्रेटर्स, ५ थान भेन्टिलेटर, २ सय थान आईसीयू बेड र १५ हजार थान आपतकालीन एन्टिजेन (कोरोना परीक्षण गर्ने) किट उपलब्ध गराइने राजदूत यान्छीले बताइन्।

aawash steels

तिब्बत

चीनको केन्द्र सरकारले पनि यस अघिदेखि नै नेपाललाई अक्सिजनलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइरहेको छ।

कोरोनाको दोस्रो लहरले नेपालका धेरै नागरिक बिरामी परेका छन्। देशैभर अक्सिजनको हाहाकार भएको छ।

विश्व स्वास्थ्य संगठनले नै नेपाललाई विश्वका देशले आपतकालीन सहयोग आवश्यक रहेको बताइसकेको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

पछिल्लो २४ घण्टामा थप २,४४२ नयाँ संक्रमित थपिए, ५१ जनाको…

६ असार , काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४५६ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.५ प्रतिशत पुगेको…

निर्वाचन आयोगले महन्थ पक्षलाई पठायो पत्र, १५ दिनभित्र जवाफ पेस…

६ असार , काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने निर्णय…

उपत्यकामा निजी गाडीमा जोर–बिजोर प्रणाली (निर्णयसहित)

६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार

६ जेठ, काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो…

महाकाली नदीमा बाढी : निर्माणाधीन पुलको बाँध भत्कायो

कञ्चनपुर, ६ असार । महाकाली नदीमा पानीको बहाव आज (आइतबार) दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली…