बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य चयनका लागि आज मतदान हुँदै

काठमाडौं, जेठ ६ ।बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य चयनका लागि आज मतदान (उपनिर्वाचन) हुँदैछ।

गृहमन्त्री रामबहादुर थापा माओवादी केन्द्र छाडेर प्रधानमन्त्री ओलीको दल एमालेमा प्रवेश गरेका कारण दल त्यागको कारबाहीमा परेपछि उनी राष्ट्रिय सभा सदस्य पदबाट बर्खास्त भएका थिए। त्यही स्थानमा पद पूर्ति गर्न यसअघि उनी निर्वाचित बागमती प्रदेशमा आज उपनिर्वाचन हुन लागेको हो।

चुनावमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री थापा र एमालेकै नेपाल पक्षको समेत सहभागितामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको विपक्षी गठबन्धनबाट डा। खिमलाल देवकोटा उम्मेदवार छन्। साथै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्।

aawash steels

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा व्यवस्था गरिएको मतदान केन्द्रमा अहिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरू व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ। नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ।

प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ। मतगणना साँझ ५ बजे सुरु गरिने छ। आजै रातिसम्ममा नतिजा आइसक्ने जनाइएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

१,०६६ मा कोरोना संक्रमण, १,२३४ जना निको, १६ को मृत्यु

काठमाडौं, २ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १,०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा…

काठमाडौंमा १५४ केन्द्रबाट सोमबारदेखि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडौं, २ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही असोज ४ गते (सोमबार) देखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य…

संविधान दिवसको अवसरमा आठलाई माफी, ५३१ जनाको कैद कट्टा

काठमाडौं, २ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिएकी छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान…

मलेशियाबाट एकै ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

काठमाडौं, २ असोज । मलेशियाबाट एकै दिन ६ शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ नेपालीको शव (शनिबार)…

अनेरास्ववियु अध्यक्षमा सुनिता बराल

काठमाडौं, २ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन भएकी छिन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थितिमा काठमाडौंमा…